दफा ३२क
सार्वजनिक परिपत्रः
(१) यस ऐनको कार्यान्वयनमा एकरूपता ल्याई कर प्रशासनलाई सरल बनाउन र विभाग वा अन्तर्गतका कार्यालयका अधिकृत लगायत यस ऐनबाट प्रभावित हुने व्यक्तिलाई मार्ग निर्देशन दिन विभागले यस ऐनमा भएका व्यवस्थाको सम्बन्धमा व्याख्यासहित लिखित सार्वजनिक परिपत्रहरू जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जारी गरिएका परिपत्रहरू सर्वसाधारणको जानकारीको लागि विभागको आफ्नो वेबसाइटमा वा ेराष्टियस्तरको पत्रपत्रिका वा अन्य विद्युतीय माध्यमबाट प्रकाशन गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम जारी गरिएको कुनै परिपत्र रद्द नगरिएसम्म सो परिपत्र बमोजिम कारबाही गर्न विभाग बाध्य हुनेछ ।